logo

२०८३ साउन १४ बिहिबार

शिवधाम निर्माणका लागि एक लाख प्रदान

शिवधाम निर्माणका लागि एक लाख प्रदान


हाम्रो राष्ट्र
  • बिहिबार, २७ भाद्र २०८१
  • 1.9K
    SHARES

    काठमाडौं । गोदावरी नगरपालिका–३ का अध्यक्ष सानुराज घिमिरेले पाथीभरा महिला समूहलाई रु एक लाख ११ हजार एक सय एक प्रदान गर्नुभएको छ । उहाँले आफ्नो जन्मदिनमा उक्त रकम प्रदान गर्नुभएको हो ।

    ‘गोदावरी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ मा उहाँले शिवधाम बनाउने महिला समूहको योजनामा भरथेग गर्न उक्त रकम प्रदान गर्नुभएको हो ।

    पाथीभरा महिला समूहको आयोजनामा नगरपालिका–३ स्थित शिव बस्तीमा भदौ २५ देखि ३१ गतेसम्म महायज्ञ हँुदैछ । महायज्ञको उद्देश्य गोदावरी नगरपालिका–३ स्थित शिव बस्तीमा २० फिट अग्लो महादेवको मूर्तिसहित शिवधाम निर्माण गरिने पाथीभारा महिला समूहका अध्यक्ष भगवती बुढाथोकीले बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend