काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्यान्सरविरुद्धको लडाइँमा सहकार्यलाई अझ सशक्त बनाउन प्रतिबद्धता जनाउँदै, अर्बुद रोग निवारण संस्थाको योगदानको प्रशंसा गर्नुभएको छ ।
सोमबार क्यान्सरका क्षेत्रमा क्रियाशील अर्बुद रोग निवारण संस्थाको ४२औँ वार्षिकोत्सवको अवसरमा बोल्दै अधिकारीले क्यान्सरका बिरामीहरूको सेवामा संस्थाले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य जारी रहने बताउनुभयो ।
उहाँले क्यान्सरविरुद्धको सचेतनामा सहयोग पुर्याउन र उपचार सेवाहरूलाई सुलभ बनाउन नेपाल वायुसेवा निगमले समेत आवश्यक सहयोग पुर्याउने जनाउँदै, संस्थासँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपाल अर्बुद रोग निवारण संस्थाले निगमका कार्यकारी अध्यक्ष अधिकारीसहित अन्य सामाजिक क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान पनि गरेको थियो ।
यो पनि, ‘देशभर क्यान्सरसम्बन्धी जनचेतना फैलाउन जरुरी छ’

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend