सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले नेपाल रोटरी क्लबका पदाधिकारीहरूसँग कर्णाली प्रदेश अस्पतालको संयुक्त अनुगमन गर्नुभएको छ । अनुगमन टोलीमा नेपाल रोटरी क्लबको नेपाल भुटान ३२९२ पीडीजी जया राज्य लक्ष्मी शाह र नेपाल रोटरी क्लब सुर्खेतका अध्यक्षलगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
अनुगमनका क्रममा अस्पतालको सेवा तथा सुविधाहरूको निरीक्षण गर्दै आवश्यक मेसिन तथा प्रविधीहरूको व्यवस्था नेपाल रोटरी क्लबमार्फत गर्ने जानकारी गराइएको छ । रोटरी क्लबका पदाधिकारीहरूले कर्णाली प्रदेश अस्पतालको सेवा र पूर्वाधार विकासमा सहयोग पुर्याउन सधैं तयार रहेको जनाउँदै प्रदेश सरकारसँग सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend