बडादशैं शान्तिपुर्ण हाेस हिंस्रक हाेईन : नेपालीहरुकाे महान पर्व बडादशैं बर्षमा एकपटक मनाईने ठुलो र महत्त्वपूर्ण पर्व हाे ।
मानिस भित्र रहेका खराब प्रबृत्ति ५ विकार माथि विजय हासिल गरेको प्रतिकका रुपमा विजयादशमी मनाईन्छ । मानव प्राणीहरुमा सर्वश्रेष्ठ प्राणी हाे सबै प्राणीहरु निर्भयका साथ बाँच्न पाउने अधिकारकाे रक्षा मानिसले गर्नुपर्दछ ।
बिश्वलाई शान्तिकाे सन्देश दिने नेपाल र नेपालीहरुले मनाउने राष्ट्रिय पर्व बडादशैंमा लाखौंलाख निर्दाेश पशुपंछिकाे हत्या गरेर बलि चडाएर देवि देवता खुसि पार्ने प्रचलन कति तर्कसंगत र जायज हाेला ? प्राणी हत्या पाप हाे भन्दा महापाप त देवि देवताकाे नाममा बलि दिनु हाे ।
सकभर मासु सेवन नगर्दा राम्रो खानै परे बधशालामा गएर किनेर ल्याउने खाने राम्रो हाेला प्रतेकका घर घर मठ मन्दिर देवि देवताकाे नाम उच्चारण गरेर बलि दिएर रक्ताम्य बनाउनु त्यति उपयुक्त हुदैन । परम्पराबाट चल्दै आएको भएपनि त्यसमा सुधार हुन जरुरी छ ।
हामी नेपालीहरुकाे महान पर्व दशै यस्तो पर्व बनाउनुपर्छ जसलाई सिंङ्गाे मानव समुदायले अनुसरण गर्न सकाेस,धर्ममा हिंसा हत्या हुदैन त्यसैले यसलाई धार्मिकता संग जाेड्नु हुदैन । विकार माथि विजय हासिल गरेको प्रतिकका रुपमा विजयादशमी लाई बिश्वभरका मानव समुदायले मनाउन सकुन ।
व्यक्त गर्न नसकेपनी हरेक प्राणीमा चेतना हुन्छ ,आफ्नो हत्या हुदैछ भन्नेकुरा थाहा हुन्छ जब उसलाई थाहा हुन्छ उसमा क्राेध डर त्रास पैदा हुन्छ हामीले उसलाई मारेर मासु खाँदा उसमा पैदा भएको क्राेध मानिसमा पनि सर्छ जसले गर्दा शाकाहारी मानिस भन्दा मासु सेवन गर्नेहरु बढि क्राेधित हुने गर्दछन् , सहन गर्न सक्ने शक्ति कम हुन्छ ।
जाँड रक्सि ,माछा मासुको सेवन र जुवातास विना पनि चाडपर्व मनाउन सक्ने क्षमताको विकास गर्दै लैजान सके याे पर्बकाे सबैले अपनत्व ग्रहण गर्नेछन् । नयाँ र रचनात्मक कार्यक्रमहरुकाे सुरुवात गरेर समय अनुसार हाम्रा माैलिक चाडपर्व मनाउँ जसले समाज रुपान्तरणमा सकारात्मक भुमिका खेल्न सकाेस ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend