काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २९ ले आजबाट तीन दिनसम्म चल्ने निशुल्क स्वास्थ्य परीक्षण शिविर सुरु गरेको छ। वडा सदस्य रेणु श्रेष्ठले आजबाट सुरु भएको यो शिविर पर्सीसम्म सञ्चालन हुने जानकारी दिनुभयो।
शिविरको उद्घाटनमा वडा अध्यक्ष कुश ढकाल, सदस्यहरू रेणु श्रेष्ठ, अनिल कुमार श्रेष्ठ, सन्तोष ढुंगेल, संगीता पुजारी लगायतको उपस्थिति थियो।
यस कार्यक्रममा वडाका स्थानीय बासिन्दाहरूलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइँदैछ। शिविरमा रक्तचाप, मधुमेह, र अन्य नियमित परीक्षणहरू गरिनुका साथै आवश्यक परामर्श पनि प्रदान गरिँदैछ।

स्वास्थ्य इन्चार्ज सुनिता बोहरा र स्वयंसेविकाहरू निर्मला सुवेदी मिश्र लगायतका व्यक्तिहरूले सेवाहरू प्रदान गरिरहेका छन्। वडा सचिव शम्भु बरालको समेत सक्रिय सहभागिता रहेको शिविरमा, वडाका सबै कर्मचारीहरूको उपस्थिति रह्यो।
शिविरको उद्देश्य वडाबासीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउँदै आवश्यक परीक्षण र सेवा उपलब्ध गराउनु हो। जन जागरण संस्था र जन्तर संस्थाको सहकार्यमा यो कार्यक्रम सफलतापूर्वक सञ्चालन भइरहेको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend