logo

२०८३ साउन १४ बिहिबार

बागमती प्रदेशमा स्वास्थ्योपचार निःशुल्क गरिने

बागमती प्रदेशमा स्वास्थ्योपचार निःशुल्क गरिने


हाम्रो राष्ट्र
  • मंगलबार, ६ कार्तिक २०८१
  • 2.2K
    SHARES

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई निःशुल्क गर्नेगरी काम भइरहेको बताउनुभएको छ ।

    बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले आज यहाँ आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा उहाँले स्वास्थ्य मन्त्रालय र मातहतका निकायले नागरिकलाई उपचारभन्दा पनि बिरामी हुनै नदिने गरी सुसूचित गर्ने चेतनामूलक कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।

    उहाँले बजारका अप्रमाणित तथा स्वास्थ्यसम्बन्धी परीक्षण नगरिएका खाद्यवस्तु नखाने, व्यवस्थित जीवन पद्धति अवलम्बन गर्ने बानी बसाल्नुपर्छ भन्नुभयो । साथै उहाँले स्वस्थ जीवन जिउन उत्प्रेरित गर्ने कार्यक्रम अघि सारिने बताउनुभयो ।

    स्वास्थ्यमन्त्री किरण थापामगरले सङ्घीयता लागू भएपछि अस्पतालका प्राविधिक तथा अन्य जनशक्तिमा वृद्धिका साथै स्वास्थ्य क्षेत्रमा व्यापक सुधार भएको बताउनुभयो ।

    वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले बिरामीको स्वास्थ्य सुधारलाई केन्द्रमा राखेर स्वास्थ्यकर्मीले सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend