logo

२०८३ साउन १३ बुधबार

आगलागीबाट ब्राजिलको जेलमा तीन जनाको मृत्यु, ४३ घाइते

आगलागीबाट ब्राजिलको जेलमा तीन जनाको मृत्यु, ४३ घाइते


हाम्रो राष्ट्र
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    ब्राजिलको दक्षिणी कारागारमा आगलागीमा परी कम्तीमा तीन कैदीको मृत्यु भएको छ । उक्त घटनामा अन्य ४३ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।

    सान्ता क्याटारिना राज्यको फ्लोरियानो पोलिस राज्यको कारागारको एउटा कोठामा रहेको एउटा डसना (गद्दा)बाट आगलागी सुरू भएकोे पेनिटेन्टियरी अफेयर्स कमिसनका प्रमुख विलियम शिन्जाटोले जानकारी दिए ।

    ब्राजिलको बार एशोसिएशन अर्डर अफ लयर्सका अनुसार तीनै जनाको मृत्यु धुवाँले निस्सासिएर भएको पुष्टि भएको छ । ब्राजिलको ग्लोबोन्यूज अनलाइन पत्रिकाका अनुसार आगो नियन्त्रणमा लिइएको र जेलको अन्य भागमा फैलिएको छैन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend