काठमाडौं: काठमाडौं महानगरपालिका वडा नम्बर २९ स्थित राधाकृष्ण मन्दिर पिपल बोट, डिल्लीबजार चोकमा शनिबार एक दिने निःशुल्क आँखा जाँच शिविर सफलता पूर्वक सम्पन्न भयो। बरिष्ठ नेत्र विशेषज्ञहरूको टोलीद्वारा संचालित उक्त शिविरमा ३२० जनाको आँखा परीक्षण गरिएको थियो। जसमध्ये ३४ जना मोतिबिन्दु बिरामीहरूलाई निःशुल्क शल्यक्रियाका लागि मातृका आँखा अस्पतालमा रिफर गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २९ का वडा अध्यक्ष कुस ढकाल विशिष्ट अतिथि वडा सचिव सम्भु बराल रहेका थिए। उक्त शिविर महिला सञ्जालकी अध्यक्ष तथा वडा सदस्य रेणु श्रेष्ठको संयोजनमा कार्यक्रम संचालन भएको थियो। वडा सदस्यहरू संगिता पुजारी, सन्तोष ढुंगेल, अनिल कुमार श्रेष्ठ सहितको वडा परिवार तथा स्थानीयबासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने उद्देश्यले आयोजित यस शिविरले स्थानीयबासीहरू लाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको छ। स्थानीय तहको सहकार्यमा भएको यस प्रकारको अभियानले नागरिक स्वास्थ्यमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ।
