logo

२०८३ कार्तिक १२ बुधबार

विश्व अन्तरधार्मिक सप्ताह : विविधतामा एकता र शान्तिको सन्देश

विश्व अन्तरधार्मिक सप्ताह : विविधतामा एकता र शान्तिको सन्देश


हाम्रो राष्ट्र
  • सोमबार, २८ माघ २०८१
  • 2K
    SHARES

    काठमाडौं: संयुक्त राष्ट्रसंघद्वारा घोषित विश्व अन्तरधार्मिक सप्ताहको अवसरमा माघ २७ गते आइतबार युनिभर्सल पिस फेडरेशन नेपालद्वारा आयोजित विशेष कार्यक्रममा विभिन्न धर्मगुरुहरूले अन्तरधार्मिक सदभाव, आपसी समझदारी र विश्व शान्तिलाई प्रवर्द्धन गर्न आवश्यक रहेकोमा जोड दिएका छन्।
    कार्यक्रममा नेपालका विभिन्न धार्मिक समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले सबैलाई विश्व अन्तरधार्मिक सप्ताहमा स्वागत गर्दै अन्तरधार्मिक सभा र सम्मेलनलाई विशेष प्राथमिकता दिनुपर्ने बताए। उनले धार्मिक समुदायहरू प्रतिस्पर्धी नभई एकअर्कालाई सम्मान गर्ने भावना राख्नुपर्नेमा जोड दिए। “हामी सबै राष्ट्रवादी हुनुपर्छ, संस्कृतिलाई सदभावसहित सम्मान गर्नुपर्छ,” उनले भने। साथै, सह-आयोजक संस्था शान्ति र विकासका लागि अन्तरधार्मिक संघ (IAPD) लाई पनि धन्यवाद दिए।डा. नरेंद्र पाण्डेले युनिभर्सल पिस फेडरेशनले लामो समयदेखि अन्तरधार्मिक संवादलाई विशेष महत्त्व दिँदै आएको बताए। उनले “अन्तरधार्मिक सप्ताहले मानिसहरूलाई नजिक ल्याउने र समाजमा कलह तथा हिंसा न्यूनीकरण गर्न मद्दत गर्छ” भन्ने धारणा व्यक्त गरे।हिन्दू धर्मका मन्त्रहरूको उदाहरण दिँदै अच्युत सुवेदीले सत्संगत र सहकार्यको महत्त्वबारे चर्चा गरे। उनले सबैले मिलेर सहकार्य गर्नुपर्नेमा विशेष जोड दिए।ओशो धाराकी आचार्य नम्रता पाण्डेले शान्तिको सन्देश प्रस्तुत गर्दै “शान्ति भनेकै हरेक व्यक्तिमा अवस्थित एक तत्व हो, धर्म भनेको मार्ग हो, लक्ष्य हो, त्यसैले हामी सबै मिलेर अघि बढ्नुपर्छ” भन्ने धारणा राखिन्।क्रिश्चियन धर्मका अगुवा तुलसी प्रसाद श्रेष्ठले अन्तरधार्मिक आयोगको आवश्यकता औंल्याउँदै समान हकअधिकारको सुनिश्चितता गर्नुपर्ने बताए।अन्तरधार्मिक सञ्जालकी अभियन्ता शेख नाइदाले “नास्तिकता फैलाउने तत्वलाई हटाउन आवश्यक छ” भन्ने धारणा व्यक्त गरिन्।

    सनातन धर्मका प्रतिनिधि रामचन्द्र भण्डारीले नेपाल धार्मिक रूपमा धनी भए पनि मानसिकता परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै सनातन धर्मको मौलिक अध्ययनलाई प्रोत्साहन गर्नुपर्ने बताए।जैन धर्मका अगुवा नमन उपाध्यायले शान्ति र सद्भाव सबैको साझा चाहना भएको बताउँदै अन्तरधार्मिक विचारलाई जीवनशैलीमा समावेश गर्नुपर्ने धारणा राखे।नारायण प्रसाद गजुरेलले “धर्मले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्छ” भन्दै नयाँ पुस्ताको धर्मप्रति चासो घट्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले धर्मको सही अभ्यास आवश्यक रहेको उल्लेख गरे।कार्यक्रममा सहभागी धर्मगुरुहरू तथा प्रतिनिधिहरूले विविधतामा एकता कायम गर्दै अन्तरधार्मिक सद्भावलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।कार्यक्रमका उद्घोषक तथा आयोजक संस्थाका अध्यक्ष सन्तोष कुमार पौडेलले “सबै धर्मका अगुवाहरू मिलेर यस्ता अन्तरधार्मिक कार्यक्रम निरन्तर गर्नुपर्छ” भन्ने शुभेच्छा व्यक्त गरे।कार्यक्रम संयोजक डा. पिया रत्न महर्जनले नेपाल मात्र नभई विश्वभर नै अन्तरधार्मिक एकता प्रवर्द्धन गर्न सधैं प्रतिबद्ध रहने बताउँदै सबै सहभागीहरूलाई धन्यवाद दिए।

     

     

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend