logo

२०८३ असोज ६ मंगलबार

दिनभरको तनावपछि खुल्यो तीनकुने-माइतीघर सडक

दिनभरको तनावपछि खुल्यो तीनकुने-माइतीघर सडक


हाम्रो राष्ट्र
  • आइतबार, ८ फाल्गुन २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गरेको विरोधमा आइतबार दिनभर तनावग्रस्त रहेको नयाँ बानेश्वर क्षेत्रको सडक साँझदेखि सञ्चालनमा आएको छ ।

    संसद भवनलाई केन्द्रित गरी विभिन्न राजनीतिक दलका कार्यकर्ताले प्रदर्शन गरेपछि प्रहरीले विहान १० बजेपछि नै माइतीघरदेखि तीनकुनेसम्मको सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । यो सडकमा चल्ने सवारी साधनलाई प्रहरीले माइतीघर र तीनकुनेबाट अर्कै सडकतर्फ पठाउने गरेको थियो ।

    प्रदर्शनकारी घट्दै गएपछि साँझ ५ बजेदेखि यो सडकमा पुन: गाडी चल्न थालेका छन् । दिनभर प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा बानेश्वरदेखि विजुलीबजारसम्मको सडकमा इँट्टा ढुंगा थुप्रिएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend