logo

२०८३ असोज ६ मंगलबार

विद्युत महसुल बृद्धि गरेसँगै श्रीलंकामा दैनिक विद्युत कटौती स्थगित

विद्युत महसुल बृद्धि गरेसँगै श्रीलंकामा दैनिक विद्युत कटौती स्थगित


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 1.7K
    SHARES

    श्रीलङ्काले दैनिक विद्युत् कटौती स्थगित गर्ने निर्णय गरेको छ । विद्युत महसुलमा ६६ प्रतिशत वृद्धि भएसँगै कटौती स्थगित भएको हो ।

    विद्युत् तथा ऊर्जामन्त्री कञ्चना विजेसेखेराले नियामक निकायबाट स्वीकृत भएकाले नयाँ महसुल लागू भएको बताए । श्रीलङ्काको सार्वजनिक उपयोगिता आयोगले यसको अध्यक्ष जनक रत्नायकेले विरोध गरे पनि संशोधनलाई अनुमोदन गरेको हो ।

    यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले न्यून आय भएका परिवारका लागि सहुलियत र धार्मिकस्थल र सरकारी शैक्षिक संस्थाका लागि सौर्य ऊर्जा प्रणाली उपलब्ध गराउन निर्देशन दिएका छन् ।

    राष्ट्रपति रनिल विक्रमासिङ्घेले विद्युत् उपभोक्तालाई निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्दै महसुल परिमार्जन कार्यान्वयन गर्न ऊर्जा तथा ऊर्जामन्त्री र सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको राष्ट्रपतिको सञ्चार महाशाखाले जनाएको छ ।

    श्रीलङ्काले अगस्ट २०२२ मा ७५ प्रतिशतले बिजुलीको शुल्क बढाएको थियो । यद्यपि, राज्यको स्वामित्वमा रहेको बिजुली उत्पादक सिलोन विद्युत् बोर्ड भने घाटामा छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend