logo

२०८३ साउन १४ बिहिबार

स्कटल्यान्डसँगको खेलमा टस जितेर नेपाल बलिङ गर्दै

स्कटल्यान्डसँगको खेलमा टस जितेर नेपाल बलिङ गर्दै


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपालले पहिला बलिङ रोजेको छ । स्कटल्यान्डले ब्याटिङ गर्दैछ। आजको खेलमा नेपाली टोलीमा एक परिवर्तन भएको छ ।

    ललितनारायण राजवंशीको ठाउँमा गुल्सन झाले खेल्नेछन् । यो शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले तथा स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको थियो । स्कटल्यान्डसँग नेपालले एक दिवसीय अन्तर्राष्ट्रियमा चार खेल खेलेकोमा एउटा मात्र जितेको छ ।

    सात वटा देश सहभागी लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एक दिवसीय मान्यता जोगिने छ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेछ । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । शृङ्खलामा सहभागी तीन वटै टोलीले एक अर्कासँग समान २÷२ खेल खेल्ने छन् ।

    लिग २ को तालिकामा स्कटल्यान्ड ३३ खेलमा ४८ अङ्ककासाथ शीर्ष स्थानमा छ । नामिबिया ३२ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपाल २५ खेलमा २० अङ्कसहित छैटौँ स्थानमा छ । शृङ्खलामा नेपालले भोलि नामिबियासँग र आउँदो मङ्गलवार स्कटल्यान्डसँग खेल्नेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend