logo

२०८३ साउन १३ बुधबार

माछापुच्छ्रे IB वर्ल्ड स्कुलको वार्षिक खेलकुद महोत्सव–२०८२ भव्य रूपमा सम्पन्न

माछापुच्छ्रे IB वर्ल्ड स्कुलको वार्षिक खेलकुद महोत्सव–२०८२ भव्य रूपमा सम्पन्न


हाम्रो राष्ट्र
  • आइतबार, १९ माघ २०८२
  • 858
    SHARES

    ललितपुर, माछापुच्छ्रे IB वर्ल्ड स्कुलले आफ्नो वार्षिक खेलकुद महोत्सव–२०८२ मिति २०८२ माघ १५ गते (जनवरी २९, २०२६) मा श्री राजदल गण खेलमैदान, लगनखेल, ललितपुर मा भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमका होस्टहरू प्रस्ताव घिमिरेयुरेका अधिकारी रहेका थिए।

    कार्यक्रमको अध्यक्षता सत्रमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (NPABSON) का अध्यक्ष श्री सुभाष न्यौपाने प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो। विद्यालयका प्रधानाध्यापक होम नाथ आचार्य, NPABSON का वरिष्ठ उपाध्यक्ष विष्णु पराजुली, उपाध्यक्ष सम्भु अधिकारी, DSP पूर्णिमा कुमारी चन्द, ट्राफिक प्रहरी निरीक्षक श्रीराम भट्ट, वरिष्ठ सहायक प्रहरी निरीक्षक फुल कुमारी पौडेल, विद्यालयका मिडिया सल्लाहकार सुनिल आचार्य, स्प्रिङ बेल प्रि–स्कुलकी प्रधानाध्यापक दुर्गा प्रधान तथा मा किड्स प्रि–स्कुलका संस्थापक/प्रधानाध्यापक प्रभु प्रसाद शाह विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

    कार्यक्रमको सुरुआत सबै खेलाडीहरूको मार्च पास्ट, राष्ट्रिय गान, तथा बलुन उडान (Balloon Release) सँगै गरिएको थियो। प्रमुख अतिथि, अध्यक्ष तथा प्रधानाध्यापकद्वारा मञ्चमा राखिएको बिरुवामा पानी हालेर खेलकुद महोत्सवको औपचारिक उद्घाटन गरिएको थियो।

    स्वागत मन्तव्य राख्दै आउटरीच म्यानेजर आकाश यादव ले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, सहकार्य, नेतृत्व र आत्मविश्वास विकास गर्ने बताए। “पढाइसँगै खेलकुद पनि सन्तुलित शिक्षाको आधार हो,” उनले उल्लेख गरे।

    प्रधानाध्यापक होम नाथ आचार्य ले IB शिक्षण दर्शनअनुसार खेलकुद शिक्षाको अभिन्न अंग भएको बताउँदै भने, “खेलकुदले विद्यार्थीलाई शारीरिक रूपमा सक्षम मात्र होइन, मानसिक रूपमा पनि सबल बनाउँछ।”

    प्रमुख अतिथि सुभाष न्यौपाने ले विद्यालयको प्रयासको प्रशंसा गर्दै भने, “यस्ता खेलकुद कार्यक्रमहरूले स्वस्थ प्रतिस्पर्धा, अनुशासन र नेतृत्व क्षमताको विकास गर्छ।”

    कार्यक्रममा PYP तथा MYP विद्यार्थीहरूको स्वागत नृत्य, तेक्वान्दो प्रदर्शन, तथा टग अफ वार, दौड, लङ जम्प, हाई जम्प लगायत विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिएका थिए।

    कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तव्य राख्दै प्रधानाध्यापक होम नाथ आचार्य ले सहभागी अतिथि, अभिभावक, शिक्षक, विद्यार्थी तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै खेलकुद महोत्सव सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend