ललितपुर – तलकमोहन श्रेष्ठ स्मृति महालक्ष्मी नगरपालिका अन्तरविद्यालय स्तरीय चेस प्रतियोगिताको पहिलो दिन भ्याली पब्लिक स्कुलका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अग्रस्थानमा रहे।
ललितपुरको महालक्ष्मी मन्दिर प्राङ्गणमा सम्पन्न पाँच चरणको खेलपछि, भ्याली पब्लिक स्कुलका सुविज्ञ दाहाल र प्रतिक ढुंगेलले सबै खेल जितेर शीर्ष स्थान ओगटेका छन्। दुवैले समान पाँच अंक जोड्दै छैठौं चरणमा आपसमा प्रतिस्पर्धा गरी उपाधिका दावेदार बन्ने भएका छन्।
आयोजक महालक्ष्मी चेस एकेडेमीका आरवलाल श्रेष्ठ, जेनिश घिसिङ, र सौगत घिमिरे समान ४.५ अंकसहित संयुक्त दोस्रो स्थानमा छन्।
अन्य सहभागीहरूमा अनन्त इङ्गलिस स्कूलका साहिल बस्नेत, माउण्ट ओलिभ स्कूलका सन्दीप श्रेष्ठ, महालक्ष्मी एकेडेमीका सागर रिजाल, सन्देश कुमार चौधरी, पव प्रकृति स्कूलका अंकित बराल समान ४ अंकसहित संयुक्त तेस्रो स्थानमा रहेका छन्।
त्यस्तै, भ्याली पब्लिक स्कुलका ईशानराज श्रेष्ठ, वेष्टविङ्ग स्कूलका प्रसन्न महर्जन, श्रृंगेरी स्कूलका ईशा घिमिरे, फ्युचर स्टार्स एकेडेमीका ऋदम श्रेष्ठ, जिनियस आइबि स्कूलका अवियान राई, श्री विश्वामित्र गणेश सेकेन्डरी स्कूलका पुरुषोत्तम महर्जन, र बालकुञ्ज इङ्लिस स्कूलका इन्शु ओली ४ अंकसहित पछि पछ्याइरहेका छन्।
प्रतियोगितामा ११० विद्यार्थी सहभागी छन् र कुल रु. ३३,००० नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्रका लागि १५ मिनेट १० सेकेन्ड इन्क्रिजमेन्ट समय नियन्त्रण प्रणाली अन्तर्गत खेल भइरहेको छ।

प्रतियोगिताका पुरस्कार:
प्रतियोगिता दुई दिने कार्यक्रम अन्तर्गत आयोजना भइरहेको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend