logo

२०८३ कार्तिक २० बिहिबार

एडु–ब्रिज मुख्य कार्यालय कमलादीमा MRes कोर्स फेयर सम्पन्न

एडु–ब्रिज मुख्य कार्यालय कमलादीमा MRes कोर्स फेयर सम्पन्न


हाम्रो राष्ट्र
  • सोमबार, ४ फाल्गुन २०८२
  • 1.7K
    SHARES

    काठमाडौं – Edu-Bridgeले बेलायतमा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीलाई लक्षित गर्दै MRes (Master by Research) Course Fair आयोजना गरेको छ। कार्यक्रम फेब्रुअरी १३, २०२६ मा काठमाडौंको कमलादीस्थित एपेक्स भवनमा सम्पन्न भएको हो।

    बिहान ११ बजेदेखि सुरु भएको फेयरमा बेलायतका उत्कृष्ट विश्वविद्यालयहरूमा उपलब्ध मास्टर बाइ रिसर्च (MRes) कार्यक्रमबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। सहभागी विद्यार्थीहरूले कोर्स संरचना, अनुसन्धान–आधारित अध्ययन प्रणाली, सुपरभाइजर छनोट, भर्ना प्रक्रिया तथा करियर सम्भावनाबारे प्रत्यक्ष परामर्श प्राप्त गरे।

    कार्यक्रममा एडु–ब्रिज मुख्य कार्यालयकी शाखा प्रबन्धक मिनाक्षी पाठक ले बेलायतका विश्वविद्यालयहरू अनुसन्धान, नवप्रवर्तन र शैक्षिक गुणस्तरका हिसाबले विश्वस्तरमा अग्रणी रहेको उल्लेख गर्दै MRes कोर्सले विद्यार्थीलाई अकादमिक तथा व्यावसायिक करियरका लागि सशक्त आधार प्रदान गर्ने बताउनुभयो।

    त्यसैगरी, एडु–ब्रिजका व्यवसाय तथा सञ्चालन प्रबन्धक केजन किरण नापित ले बेलायतमा अध्ययनका अवसर, आवेदन प्रक्रिया, भिसा प्रणाली तथा आगामी UK Intake हरूबारे जानकारी दिनुभयो। उहाँले समयमै तयारी गर्न सके प्रतिस्पर्धात्मक विश्वविद्यालयहरूमा अवसर प्राप्त गर्न सहज हुने बताउनुभयो।

    कार्यक्रमले अनुसन्धान–केन्द्रित उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीका लागि उपयोगी प्लेटफर्म प्रदान गरेको आयोजकले जनाएको छ। एडु–ब्रिजले आगामी दिनमा पनि यस्ता शैक्षिक मार्गदर्शन कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend