काठमाडौं: क्यानडाको अग्रणी सार्वजनिक शैक्षिक संस्था Georgian College ले काठमाडौँस्थित Kathmandu Marriott Hotel मा नेपालका प्रमुख शैक्षिक परामर्शदाता संस्थाहरूलाई लक्षित गर्दै विशेष Education Information Session तथा Interactive Roundtable कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा जर्जियन कलेजका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत Kevin Weaver को विशेष उपस्थिति रहेको थियो। राउन्डटेबल सत्रमा उनले क्यानडाली उच्च शिक्षाको वर्तमान अवस्था, उद्योगसँग जोडिएको अध्ययन प्रणाली, विद्यार्थी सफलता केन्द्रित कार्यक्रमहरू, तथा अन्तर्राष्ट्रिय साझेदारीको रणनीतिक महत्वबारे स्पष्ट धारणा प्रस्तुत गरे।
सूचना सत्रका क्रममा सहभागी परामर्शदाताहरूले जर्जियन कलेजका शैक्षिक कार्यक्रम, सहकार्यका अवसर, भर्ना प्रक्रिया, विद्यार्थी सहायता सेवा र नेपाली विद्यार्थीहरूका लागि उपलब्ध करिअर मार्गबारे प्रत्यक्ष जानकारी प्राप्त गरेका थिए। अन्तरक्रियात्मक छलफलमा सहभागीहरूले आफ्ना जिज्ञासा राख्ने अवसर पाएका थिए, जसको जवाफ अध्यक्ष केभिन वीभरले प्रत्यक्ष रूपमा दिएका थिए।
कार्यक्रममा जर्जियन कलेजका दक्षिण एसियाका वरिष्ठ क्षेत्रीय सल्लाहकार Rohan Rawat को समेत उपस्थिति रहेको थियो। सत्रका क्रममा उनले जर्जियन कलेजका शैक्षिक कार्यक्रम, विद्यार्थी सहायता सेवा, उद्योगसँग जोडिएको अध्ययन (Industry-connected learning) तथा नेपाली विद्यार्थीहरूका लागि उपलब्ध अवसरहरूबारे विस्तृत जानकारी प्रदान गरे।
कार्यक्रमले जर्जियन कलेज र नेपालका शैक्षिक परामर्शदाता संस्थाबीच विश्वास, पारदर्शिता र दीर्घकालीन सहकार्यलाई अझ सुदृढ बनाएको सहभागीहरूको भनाइ छ। यस्ता उच्चस्तरीय भेटघाट तथा छलफलले नेपाली विद्यार्थीहरूलाई क्यानडामा गुणस्तरीय, व्यवहारिक र करिअरमुखी शिक्षा हासिल गर्न सही सूचना प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रम आपसी सहकार्यलाई थप विस्तार गर्ने, विद्यार्थी आवागमनलाई सहज बनाउने तथा भविष्यमा संयुक्त पहलहरू अघि बढाउने प्रतिबद्धतासहित सम्पन्न भएको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend