logo

२०८३ साउन १५ शुक्रबार

विदेश अध्ययनका अवसरसहित काठमाडौंमा अन्तर्राष्ट्रिय शिक्षा मेला सम्पन्न

विदेश अध्ययनका अवसरसहित काठमाडौंमा अन्तर्राष्ट्रिय शिक्षा मेला सम्पन्न


हाम्रो राष्ट्र
  • सोमबार, ९ चैत्र २०८२
  • 884
    SHARES

    काठमाडौं, चैत ९ (मार्च २२) — नयाँ बानेश्वरस्थित श्रीकृष्ण सदनमा Navitas Multi-Destination Fair 2026 सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा ६ देशका ५० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा बोल्दै Navitas की Student Recruitment Coordinator सुश्री श्रेया प्रधानाङ्गले भनिन्, “Navitas ले विश्वभरका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा मार्ग प्रदान गर्दै आएको छ। यस मेलामार्फत नेपाली विद्यार्थीलाई सही निर्णय लिन सहयोग पुर्‍याउने हाम्रो उद्देश्य हो।”

    त्यसैगरी Navitas Australia का Student Recruitment Manager संयोज कटुवालले भने, “यो कार्यक्रमले नेपाली विद्यार्थीलाई एकै स्थानमा विभिन्न गन्तव्यको जानकारी दिने उत्कृष्ट अवसर दिएको छ।” उनले थपे, “यसले अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक शिक्षा हासिल गर्न मार्ग प्रशस्त गर्छ।”

    कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकहरूले परामर्श, कोर्स छनोट, छात्रवृत्ति र भिसा प्रक्रियाबारे जानकारी लिएका थिए। आयोजकले सबै सहभागीप्रति आभार व्यक्त गरेका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend