काठमाडौं : चिन चेस फेडेरेशन र काजाकिस्तान चेस फेडेरेशनको निमन्त्रणामा नेपाली बुद्धिचाल खेलाडीहरु आइतबार क्रमशः सांघाई र अल्माटीतर्फ प्रस्थान गरेका छन्।
नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्षको नेतृत्वमा रापिडतर्फ उच्च वरियताका खेलाडी एवं नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवाल, दोलखाका आशिष फूँयाल र महिलातर्फ पहिलो वरियताका कृतिसारा अधिकारी चिनमा सहभागी हुनेछन्। उनीहरु आठौं सांघाइ कोअपरेशन अर्गनाइजेसन इन्टरनेसनल टिम चेस प्रतियोगिता (७–१२ अप्रिल) मा प्रतिस्पर्धा गर्नेछन्।
त्यसैगरी, दोस्रो राष्ट्रिय विद्यालय प्रतियोगिताको विजेता मार्भलस उच्च माविका छात्र–छात्राहरु अप्रिल ६–११ मा काजाकिस्तानको अल्माटीमा हुने एसियाली कन्टिनेन्टल स्टेज अफ द फिडे आईएससीएफ वर्ल्ड स्कुल टिम प्रतियोगिता मा सहभागी हुने उद्देश्यले प्रस्थान गरेका छन्।
अन्तर्राष्ट्रिय जुनियर स्पर्धामा सहभागी हुने पाँच खेलाडी हुन्: निहाना श्रेष्ठ, सुहानी सिंह, कृष्टि रिजाल, वृजनन्ददास टमटा र आकर्षण कुँवर। कन्टिनेन्टल प्रतियोगिताको व्यवस्थापन नेपाल बुद्धिचाल महासंघका रेटिङ अफिसर आईए निराजन प्रजापति र प्रशिक्षक रिजेन्द्र राजभण्डारी ले गर्नेछन्।
उक्त टोलीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासंघका अध्यक्ष हेराकाजी महर्जन र प्रवक्ता राजु ताम्राकार ले विदाइ गर्दै खेलाडीहरुको सफलताको शुभकामना व्यक्त गरेका थिए।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend