logo

२०८३ मंसिर ११ बिहिबार

लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • 4.1K
    SHARES

    ललितपुर, लन्डनस्थित प्रसिद्ध रोह्याम्पटन युनिभर्सिटीले ललितपुरको होटल हिमालयमा एक विशेष ‘मेगा इभेन्ट’ को आयोजना गरेको छ। संयुक्त अधिराज्य (यूके) मा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि उपलब्ध उत्कृष्ट अवसरहरू र विश्वविद्यालयका कार्यक्रमहरूबारे जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रमको औपचारिक सुरुवात गर्दै उद्घोषक (एमसी) ले रोह्याम्पटन युनिभर्सिटीको प्राज्ञिक इतिहास र शैक्षिक अवसरहरूबारे प्रकाश पार्नुभएको थियो, जसलगत्तै राष्ट्रिय गान बजाइएको थियो। त्यसपछि स्वागत मन्तव्य राख्दै कार्यक्रमका होस्ट एवं अफिसियल डाइरेक्टर मिस्टर कमल खड्काले उपस्थित सम्पूर्ण प्रतिनिधिहरूलाई परम्परागत खादा र माला लगाएर न्यानो स्वागत गर्नुभएको थियो।

    कार्यक्रमको मुख्य सत्रमा रोह्याम्पटन युनिभर्सिटीकी पार्टनर रिलेसन्स एन्ड ग्रोथ विभागकी एक्जुकेटिभ डाइरेक्टर मिस विधी मिस्ट्रीले विश्वविद्यालयको विश्वव्यापी पहुँच र भावी योजनाहरू समेटिएको एक महत्वपूर्ण प्रस्तुतीकरण दिनुभएको थियो। यस्तै, विश्वविद्यालयका आधिकारिक प्रतिनिधि (टीओआर) मिस्टर निरज गुरुङले रोह्याम्पटनको शैक्षिक वातावरण, पाठ्यक्रम र अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि उपलब्ध सेवा सुविधाहरूबारे आफ्नो मन्तव्य राख्नुभएको थियो।

    औपचारिक सत्रहरूको बीच-बीचमा आकर्षक सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएका थिए, जसले कार्यक्रममा थप रौनक थपेको थियो। उद्घोषकको समापन मन्तव्यसँगै औपचारिक कार्यक्रम सकिएपछि आमन्त्रित अतिथिहरूबीच आपसी संवाद र शैक्षिक सहकार्यका विषयमा छलफलका लागि नेटवर्किङ सेसन, ककटेल डिनर र मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो।

    Additional News

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend