logo

२०८३ साउन १४ बिहिबार

राष्ट्रिय ‘बी’ चेस प्रतियोगिताबाट १८ खेलाडी राष्ट्रिय प्रतिस्पर्धामा छनोट

राष्ट्रिय ‘बी’ चेस प्रतियोगिताबाट १८ खेलाडी राष्ट्रिय प्रतिस्पर्धामा छनोट


हाम्रो राष्ट्र
  • शनिबार, १६ जेष्ठ २०८३
  • 1.3K
    SHARES

    मेचिनगर:  झापाको काँकडभिट्टास्थित मेचिनगरमा सम्पन्न राष्ट्रिय ‘बी’ चेस प्रतियोगिताबाट ९ पुरुष र ९ महिला खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन्।

    नाइट चेस क्लबको स्थानीय व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ ६ खेलाडीले समान ६ अंक जोडेका थिए। फिडे टाइब्रेक नियमअनुसार प्रोग्रेसिभ ३७.५ अंकका आधारमा रिसोन थापा विजेता बने। कमल श्रेष्ठ दोस्रो, एआईएम अभिक शाह तेस्रो, धिरेन राई चौथो तथा ज्वाला इम्बुङ पाँचौं स्थानमा रहे।

    समान ५.५ अंक जोड्ने खेलाडीमध्ये मुहान नरसिंह श्रेष्ठ, सिएम पुरुषोत्तम चौलागाईं, सिएम शुश्रुत दाहाल र आशिष फुयाँल समेत राष्ट्रिय प्रतियोगिताका लागि छनोट भए।

    महिलातर्फ पूजा भण्डारी र कृतिसरा अधिकारी ले समान ५ अंक जोडेका थिए। टाइब्रेकका आधारमा पूजा विजेता बन्दा कृतिसरा दोस्रो भइन्। बिनिता कपाली तेस्रो, प्रिया क्षेत्री चौथो र एन्जल महर्जन पाँचौं स्थानमा रहिन्। साथै सुशीला गुरुङ, नुमा सुब्बा, निहाना श्रेष्ठ र प्रविशा दवाडी पनि राष्ट्रिय स्पर्धाका लागि छनोट भएका छन्।

    छनोट भएका खेलाडीहरूले आगामी जेठ २९ गतेदेखि असार ४ गतेसम्म भक्तपुरमा हुने २६औँ राष्ट्रिय पुरुष बुद्धिचाल प्रतियोगिता तथा ११औँ राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिता मा प्रतिस्पर्धा गर्नेछन्।

    नेपाल बुद्धिचाल महासंघका अनुसार राष्ट्रिय प्रतियोगिताबाट पुरुष तथा महिला दुवै विधाका शीर्ष चार–चार खेलाडीसहित वर्तमान राष्ट्रिय च्याम्पियनहरू एफएम रुपेश जैसवाल र सिन्दिरा जोशी ले आगामी चेस ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

    महासंघका अध्यक्ष हेराकाजी महर्जन का अनुसार आगामी सेप्टेम्बर १५ देखि २७ सम्म उज्बेकिस्तानको समरकन्दमा हुने ४६औँ चेस ओलम्पियाड मा नेपालबाट पुरुष र महिला गरी १० खेलाडी सहभागी हुनेछन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend