logo

२०८३ असोज ६ मंगलबार

केएमसी–१० वडा अध्यक्ष कप चेस शुक्रबारदेखि, शीर्ष खेलाडीसहित १५८ प्रतिस्पर्धी मैदानमा

केएमसी–१० वडा अध्यक्ष कप चेस शुक्रबारदेखि, शीर्ष खेलाडीसहित १५८ प्रतिस्पर्धी मैदानमा


हाम्रो राष्ट्र
  • बिहिबार, २१ जेष्ठ २०८३
  • 767
    SHARES

    काठमाडौं : काठमाडौं महानगरपालिका वडा नं. १० को आयोजनामा प्रथम केएमसी वडा अध्यक्ष कप राष्ट्रिय खुला फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

    तीन दिनअघि नै खेल तालिका सार्वजनिक गरी दर्ता बन्द गरिएको प्रतियोगितामा शीर्ष वरीयताका खेलाडीसहित १५८ जना खेलाडीको सहभागिता सुनिश्चित भएको छ। प्रतियोगितामा एफएम क्षितिज भण्डारी शीर्ष वरीयतामा रहेका छन्। साथै आशीष फुयाँल, सिएम सुश्रुत दाहाल, निकेन कुसाथा, धिरेन राई, बद्रीलाल नेपाली, साजन पाण्डे तथा एआइएम अभीक शाहलगायत अन्तर्राष्ट्रिय रेटिङ प्राप्त खेलाडीहरू उपाधिका दाबेदारका रूपमा रहेका छन्।

    कुल ३ लाख रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगितामा विजेताले २६ हजार, उपविजेताले २२ हजार र तेस्रो हुने खेलाडीले १८ हजार रुपैयाँ प्राप्त गर्नेछन्। चौथोदेखि २०औँ स्थानसम्मका खेलाडीसहित महिला, अनरेटेड, भेट्रान (५५ वर्षमाथि), युवा तथा विभिन्न रेटिङ समूहका खेलाडीलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।

    फिडेका नियमअनुसार स्वीस लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा १० मिनेट तथा १० सेकेन्ड इन्क्रिमेन्टको समय व्यवस्था गरिएको छ। प्रमुख निर्णायक सोराज ताम्राकारका अनुसार पहिलो दिन पाँच चरण र दोस्रो दिन चार चरणका खेल सञ्चालन हुनेछन्।

    प्रतियोगिताको नतिजाले नेपाली खेलाडीहरूको फिडे र्‍यापिड अन्तर्राष्ट्रिय रेटिङमा प्रत्यक्ष प्रभाव पार्नेछ। वडा अध्यक्ष रामकुमार केसीले बुद्धिचाल खेलमार्फत युवाहरूलाई कुलतबाट टाढा राख्दै नयाँ प्रतिभाको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend