logo

२०८३ असोज ६ मंगलबार

काठमाडौं–१० वडा अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको एकल अग्रता

काठमाडौं–१० वडा अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको एकल अग्रता


हाम्रो राष्ट्र
  • शुक्रबार, २२ जेष्ठ २०८३
  • 2.4K
    SHARES

    काठमाडौं, जेठ २२ : काठमाडौं महानगरपालिका वडा नं. १० को आयोजनामा सञ्चालन भइरहेको प्रथम केएमसी वडा अध्यक्ष कप राष्ट्रिय खुला फिडे रेटिङ र्‍यापिड चेस प्रतियोगितामा एफएम क्षितिज भण्डारीले ६ अंकसहित एकल अग्रता कायम गरेका छन्।

    प्रतियोगिताको पहिलो दिन छैटौं चरणसम्म सुरोज महर्जन ५.५ अंकसहित दोस्रो स्थानमा रहेका छन् भने राजन सुवेदी ५ अंकका साथ तेस्रो स्थानमा छन्।

    समान ५ अंक बनाएका खेलाडीहरूमा टाइब्रेकका आधारमा क्रमशः आशिष फूयाँल, सिएम शुश्रुत दाहाल, ज्वाला इम्बुङ, गणेशबहादुर थापा, बद्रीलाल नेपाली, कमल श्रेष्ठ, पूर्णराज खड्का, सिएम नवीन तण्डुकार, जेनिश घिमिरे र प्रेम खड्का शीर्ष १३ भित्र स्थान बनाउन सफल भएका छन्।

    त्यसैगरी, ४.५ अंक बनाएका सुजन रानाभाट, अशोकमोहन श्रेष्ठ, गणेशमान दुवाल, धिरेन राई, साजन पाण्डे, विजेश राजकर्णिकार, सविनचन्द्र धिमिरे र राजन पुरी पनि उपाधि दौडमा प्रतिस्पर्धात्मक अवस्थामा रहेका छन्।

    यसबीच काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष रामकुमार केसीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा बागमती प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष रामकुमार केसीले प्रतियोगिताले उच्चस्तरीय प्रतिस्पर्धा तथा फिडे रेटिङ प्राप्त गर्ने अवसर प्रदान गरी नेपाली बुद्धिचाल क्षेत्रमा नयाँ उत्साह र आकर्षण सिर्जना गरेको बताए।

    नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगिताबारे कार्यक्रम निर्देशक इन्द्रकुमार बस्नेतले राष्ट्रिय तथा फिडे रेटिङ प्राप्त खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको जानकारी दिए। 

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend