logo

२०८३ साउन १३ बुधबार

माछापुच्छ्रे अन्तरविद्यालय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न

माछापुच्छ्रे अन्तरविद्यालय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न


हाम्रो राष्ट्र
  • आइतबार, ३१ जेष्ठ २०८३
  • 676
    SHARES

    माछापुच्छ्रे आईबी वर्ल्ड स्कुलको आयोजनामा तथा एजु प्लेको सहकार्यमा सम्पन्न भएको प्रथम माछापुच्छ्रे अन्तरविद्यालय फुटसल प्रतियोगिता भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताले विद्यार्थीहरूबीच खेलकुदप्रतिको रुचि, अनुशासन, सहकार्य तथा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

    प्रतियोगितामा विभिन्न विद्यालयका प्रतिभावान खेलाडीहरूले सहभागिता जनाउँदै उत्कृष्ट खेल प्रदर्शन गरेका थिए। प्रतियोगिताभरि खेलाडीहरूले उच्च स्तरको खेल कौशल, टीमवर्क र खेल भावना प्रस्तुत गरेका थिए, जसले सम्पूर्ण कार्यक्रमलाई अझ आकर्षक र प्रतिस्पर्धात्मक बनाएको थियो। दर्शक, अभिभावक तथा समर्थकहरूको उत्साहजनक उपस्थितिले प्रतियोगिताको रौनक थप बढाएको थियो।

    प्रतियोगिताको उपाधि विद्याबाणी स्कुलले जित्न सफल भएको छ। त्यस्तै, ब्रम्हाकुञ्ज स्कुल प्रथम उपविजेता तथा चेल्सी वर्ल्ड स्कुल द्वितीय उपविजेता बनेका छन्। विजेता तथा उपविजेता टोलीहरूलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

    आयोजक संस्थाले प्रतियोगिताको सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण सहभागी विद्यालय, खेलाडी, प्रशिक्षक, निर्णायक, स्वयंसेवक तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। उनीहरूको सक्रिय सहभागिता र सहयोगबिना कार्यक्रमलाई सफल बनाउन सम्भव नहुने आयोजकको भनाइ रहेको छ।

    प्रतियोगिताले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास तथा पारस्परिक सम्मानको भावना विकास गर्न मद्दत गरेको विश्वास व्यक्त गर्दै आयोजकले आगामी वर्षहरूमा अझ व्यापक र प्रभावकारी रूपमा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend