काठमाडौं — नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (ECAN) द्वारा आयोजित ECAN EduClave 4.0 मा नेपालको आर्थिक विकास, नीति निर्माण, अन्तर्राष्ट्रिय अनुभव र शैक्षिक परामर्श क्षेत्रको भविष्यबारे केन्द्रित चार महत्वपूर्ण प्यानल छलफल सम्पन्न भएका छन्।
कार्यक्रमले नेपालको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका, प्रभावकारी नीति निर्माण, अन्तर्राष्ट्रिय अनुभवलाई स्वदेशमै उपयोग गर्ने सम्भावना तथा शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित, व्यावसायिक र जिम्मेवार बनाउने विषयमा महत्वपूर्ण बहसको अवसर प्रदान गरेको थियो।
कार्यक्रमको उद्घाटन तथा स्वागत मन्तव्य दिँदै ECAN का Immediate Past President (IPP) Sesharaj Bhattarai ले EduClave लाई केवल शैक्षिक परामर्श क्षेत्रको कार्यक्रमका रूपमा सीमित नराखी शिक्षा, अर्थतन्त्र, नीति र समाजसँग जोडिएका महत्वपूर्ण विषयमा संवाद गर्ने साझा मञ्चका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे। उनले शिक्षा क्षेत्रको विकास र अन्तर्राष्ट्रिय शिक्षाका अवसरसँगै देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा शैक्षिक परामर्श व्यवसायको भूमिकालाई पनि जिम्मेवारीपूर्वक अघि बढाउनुपर्नेमा जोड दिए।
उनले बदलिँदो विश्व परिवेशमा नेपाली विद्यार्थी, अभिभावक, शैक्षिक संस्था, सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै ज्ञान, सीप र अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकाससँग जोड्ने वातावरण निर्माण गर्नुपर्ने बताए।
EduClave 4.0 को पहिलो प्यानल छलफलमा “Nepal’s USD 100 Billion Aspiration: Why Is the Private Sector Still Not at the Centre of the Economic Strategy?” विषयमा बहस भएको थियो। पूर्व अर्थमन्त्री Surendra Pandey, FNCCI का अध्यक्ष Anjan Shrestha, अर्थशास्त्री तथा त्रिभुवन विश्वविद्यालयका डीन Prof. Dr. Kusum Shakya र लगानी तथा आर्थिक विकास रणनीतिकार Bipin Kandel सहभागी रहेको छलफललाई Anil Keshary Shah ले सहजीकरण गरेका थिए।
दोस्रो प्यानलमा “नेपालको नीति निर्माण: प्रक्रिया, प्रवृत्ति र परिणाम” विषयमा बहस भयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव Parashwor Dhungana, पूर्व सचिव Udaya Raj Sapkota, ECAN अध्यक्ष Laxman Poudel (Andrew) र सांसद Renuka Kauchha सहभागी रहेको छलफललाई Lakshya Sapkota ले सञ्चालन गरेका थिए।
तेस्रो प्यानलमा “Bringing the World Home: Transforming International Experience into Social Impact!” विषयमा अन्तर्राष्ट्रिय अनुभवलाई नेपालमै उद्यमशीलता, नेतृत्व, नवप्रवर्तन तथा सामाजिक प्रभावमा रूपान्तरण गर्ने विषयमा छलफल भयो। Suraj Singh Thakuri को सहजीकरणमा Saileja Adhikari, Prakash Pandey र Swastika Shrestha ले आफ्ना अनुभव र धारणा प्रस्तुत गरेका थिए।
कार्यक्रमको चौथो तथा अन्तिम प्यानल छलफल “After the Regulation: What Next? आन्दोलनदेखि समाधानसम्म: शैक्षिक परामर्श क्षेत्र अब कता?” विषयमा केन्द्रित थियो। FECE–Nepal का अध्यक्ष Rajendra Baral, ECAN को Past Presidential Council का Coordinator Deepak Gurung, Advisory Council का Chairman Arun Lamichhane तथा ECAN की 3rd Vice President Geeta Sharma Siwakoti सहभागी रहेको छलफललाई Narayan Kadariya ले सहजीकरण गरेका थिए।
समापन मन्तव्यमा ECAN President Laxman Poudel (Andrew) ले EduClave 4.0 ले शिक्षा तथा शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित विषय मात्र नभई राष्ट्रिय अर्थतन्त्र, नीति निर्माण, सामाजिक प्रभाव र भविष्यका सम्भावनाबारे समेत खुला संवादको वातावरण सिर्जना गरेको बताए।
उनले शैक्षिक परामर्श क्षेत्रलाई अझ व्यावसायिक, पारदर्शी, जिम्मेवार र विद्यार्थीकेन्द्रित बनाउँदै लैजान ECAN प्रतिबद्ध रहेको उल्लेख गरे। उनले क्षेत्रका चुनौती समाधानका लागि आन्दोलन र असहमतिभन्दा पनि संवाद, सहकार्य र साझा समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
“आन्दोलनदेखि समाधानसम्मको यात्रा संवाद, एकता र सामूहिक जिम्मेवारीबाट मात्र सम्भव हुन्छ,” भन्दै अध्यक्ष पौडेलले EduClave 4.0 बाट प्राप्त विचार र सुझावलाई आगामी दिनमा व्यवहारिक पहलमा रूपान्तरण गर्न ECAN ले सम्बन्धित सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
चारवटै प्यानलले नेपालको आर्थिक भविष्यदेखि नीति निर्माण, अन्तर्राष्ट्रिय अनुभव र शैक्षिक परामर्श क्षेत्रको रूपान्तरणसम्मका विषयमा महत्वपूर्ण बहस सिर्जना गर्दै ECAN EduClave 4.0 लाई विचार, संवाद र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा स्थापित गरेको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend