logo

२०८३ असोज ६ मंगलबार

हब इन्टरनेसनल एजुकेसनको २०औँ वार्षिकोत्सव सम्पन्न

हब इन्टरनेसनल एजुकेसनको २०औँ वार्षिकोत्सव सम्पन्न


हाम्रो राष्ट्र
  • मंगलबार, ९ भाद्र २०८३
  • 910
    SHARES

    काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा दुई दशकदेखि सक्रिय हब इन्टरनेसनल एजुकेसनले आफ्नो २०औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ। दुई दशकको यात्रालाई स्मरण गर्दै आयोजित कार्यक्रममा हबका विभिन्न शाखाका प्रतिनिधि, विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, कर्मचारी, शिक्षा क्षेत्रका साझेदार तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा डा. उदव खड्काले हब इन्टरनेसनल एजुकेसनको २० वर्षे यात्रामा साथ, सहयोग र योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे। उनले विशेषगरी हबकी सीईओ सरिता खड्कालाई संस्थाको स्थापना, विकास र विस्तारमा पुर्‍याएको नेतृत्वदायी भूमिका तथा निरन्तर योगदानका लागि धन्यवाद दिए। सरिता खड्काले स्वागत मन्तव्यमार्फत कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै हबको दुई दशकको यात्राका महत्वपूर्ण उपलब्धि र आगामी योजनाबारे धारणा राखिन्।

    त्यसैगरी, हब इन्टरनेसनल एजुकेसनका बिजनेस डेभलपमेन्ट म्यानेजर (BDM) पारस पन्तले हबका विभिन्न शाखाबाट सहभागी प्रतिनिधि तथा विश्वविद्यालय र कलेजका प्रतिनिधिहरूप्रति आभार व्यक्त गरे। उनले हबको सफलता कुनै एक व्यक्तिको प्रयास मात्र नभई व्यवस्थापन, शाखा, कर्मचारी, विद्यार्थी, अभिभावक तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सामूहिक सहकार्यको परिणाम भएको बताए।

    दुई दशकअघि स्थापना भएको हब इन्टरनेसनल एजुकेसनले नेपालमा विदेश अध्ययनसम्बन्धी परामर्श तथा विद्यार्थी भर्ना सेवाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ। संस्थाले विद्यार्थीलाई उपयुक्त देश, विश्वविद्यालय, कलेज तथा विषय छनोटदेखि आवेदन प्रक्रिया, भर्ना, छात्रवृत्ति, भिसा परामर्श तथा प्रि-डिपार्चर गाइडलाइन्ससम्म विभिन्न सेवा प्रदान गर्दै आएको छ।

    हबले पछिल्ला दुई दशकमा बेलायत, अष्ट्रेलिया, क्यानडा, अमेरिका, न्यूजिल्यान्ड, आयरल्यान्डलगायतका प्रमुख अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यहरूका विश्वविद्यालय तथा कलेजहरूसँग सहकार्य गर्दै आएको छ। विभिन्न देशका विश्वविद्यालय तथा कलेजसँगको सहकार्यका कारण नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने, पाठ्यक्रम, भर्ना प्रक्रिया, छात्रवृत्ति तथा करियरका अवसरबारे जानकारी प्राप्त गर्ने अवसर पाउँदै आएका छन्।

    हबको सेवाको महत्वपूर्ण पक्षका रूपमा IELTS, TOEFL लगायतका अंग्रेजी भाषा परीक्षण तथा प्रमाणपत्रसम्बन्धी तयारी र मार्गदर्शन पनि रहँदै आएको छ। विद्यार्थीको शैक्षिक पृष्ठभूमि, रुचि, क्षमता र भविष्यको करियर योजनाका आधारमा उपयुक्त अध्ययन गन्तव्य र कार्यक्रम छनोट गर्न हबले परामर्श सेवा प्रदान गर्दै आएको छ।

    २०औँ वार्षिकोत्सव कार्यक्रममा हबका विभिन्न शाखाका प्रतिनिधिहरूको सहभागिताले संस्थाको विस्तार र देशभरको नेटवर्कलाई समेत प्रतिबिम्बित गरेको थियो। साथै, विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूको उपस्थितिले हब र अन्तर्राष्ट्रिय शैक्षिक संस्थाबीच लामो समयदेखि कायम रहेको सहकार्यलाई थप उजागर गरेको थियो।

    कार्यक्रममा हबको दुई दशकको यात्रामा योगदान पुर्‍याएका कर्मचारी, शाखा प्रतिनिधि, विश्वविद्यालय तथा कलेज साझेदार, विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रका विभिन्न सरोकारवालालाई सम्मान तथा धन्यवाद व्यक्त गरिएको थियो। संस्थाले २० वर्षको यात्रालाई केवल वार्षिकोत्सव नभई आफूले निर्माण गरेका सम्बन्ध, सहकार्य र उपलब्धिको उत्सवका रूपमा लिएको जनाएको छ।

    अन्तर्राष्ट्रिय शिक्षा क्षेत्र निरन्तर परिवर्तन भइरहेको अवस्थामा आगामी दिनमा विद्यार्थीलाई थप गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्ने, अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजसँगको साझेदारी विस्तार गर्ने र नेपाली विद्यार्थीका लागि नयाँ शैक्षिक तथा करियरका अवसर पहिचान गर्ने लक्ष्य हबले लिएको छ।

    २० वर्षको अनुभव, हजारौँ विद्यार्थीको शैक्षिक यात्रा र विश्वभरका शैक्षिक संस्थासँगको सहकार्यलाई निरन्तरता दिँदै हब इन्टरनेसनल एजुकेसनले आगामी यात्रालाई अझ प्रभावकारी र विद्यार्थीकेन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend