डसिड्नी/मेलबर्न, अस्ट्रेलिया, नेसनल एकेडेमी अफ प्रोफेसनल स्टडिज (NAPS), अस्ट्रेलियाले नेपाल-तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० लाख (रु. १०,००,०००) तत्काल सहयोग गर्ने घोषणा गरेको छ।
नेपाल र नेपाली समुदायसँग गहिरो र दीर्घकालीन सम्बन्ध राख्ने अस्ट्रेलियाली उच्च शिक्षा संस्थाको रूपमा, NAPS ले आफ्ना प्रियजन गुमाउनेहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछ र यस कठिन समयमा प्रभावित सबै परिवारहरूसँग एकता व्यक्त गर्दछ।
यो सहयोग NAPS को निरन्तर कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) प्रतिबद्धताको अंश हो, जसअन्तर्गत यो तत्काल सहयोग आपत्कालीन राहत तथा पुनर्निर्माण कार्यमा प्रयोग गरिनेछ।
“नेपालसँगको हाम्रो सम्बन्ध शिक्षाभन्दा परको हो। आवश्यक परेको बेला समुदायलाई सहयोग गर्नु NAPS को निरन्तर सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा हो। यस कठिन समयमा हामी नेपाल र यसका जनतासँग सँगै छौँ।”
नेसनल एकेडेमी अफ प्रोफेसनल स्टडिज (NAPS), अस्ट्रेलिया।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend