logo

२०८३ असोज ६ मंगलबार

भोटेकोशी र त्रिशूलीमा विनाशकारी बाढी: १५० भन्दा बढीको मृत्यु, राहतमा जुट्न इक्क्यानको ३०औँ स्थापना दिवस स्थगित

भोटेकोशी र त्रिशूलीमा विनाशकारी बाढी: १५० भन्दा बढीको मृत्यु, राहतमा जुट्न इक्क्यानको ३०औँ स्थापना दिवस स्थगित


हाम्रो राष्ट्र
  • बिहिबार, ११ भाद्र २०८३
  • 1.4K
    SHARES

    भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, गोरखा र चितवन लगायतका जिल्लाहरूमा उत्पन्न मानवीय तथा भौतिक क्षतिप्रति नेपाल शैक्षिक परामर्श संघ (इक्क्यान) ले गहिरो दुःख व्यक्त गर्दै आफ्नो ३०औँ स्थापना दिवस समारोह स्थगित गरेको छ।

    २०८३ भाद्र १३ गते (२९ अगस्ट २०२६) होटल एभरेस्ट, काठमाडौंमा आयोजना हुने तय भएको वार्षिकोत्सव कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ। राष्ट्रिय विपद्को यस कठिन समयमा उत्सव मनाउनुभन्दा प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनामा ध्यान केन्द्रित गर्नु सामाजिक दायित्व भएको इक्क्यानले जनाएको छ।

    विपद् प्रभावित नागरिकहरूलाई तत्काल सहायता पुर्‍याउने उद्देश्यले इक्क्यानले रु. १५,०१,००० को प्रारम्भिक राहत कोष घोषणा गरेको छ:

    • रु. १०,०१,००० इक्क्यानको केन्द्रीय कोषबाट।

    • रु. ५,००,००० केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको व्यक्तिगत योगदानबाट।

    उक्त रकम सरकारद्वारा सञ्चालित प्रधानमन्त्री राहत कोषमार्फत हस्तान्तरण गरिनेछ।

    इक्क्यानका महासचिव भवनाथ हुमागाईंद्वारा जारी विज्ञप्तिमा सम्पूर्ण सदस्य संस्था, परामर्श व्यवसायी, विश्वविद्यालय, शैक्षिक साझेदार तथा शुभेच्छुकहरूलाई स्वेच्छिक रूपमा आर्थिक वा भौतिक सहयोग गरी राष्ट्रिय राहत अभियानमा हातेमालो गर्न अपिल गरिएको छ। संकलित सहयोग रकम पारदर्शी रूपमा प्रभावित क्षेत्रका नागरिकसम्म पुर्‍याइने प्रतिबद्धता व्यक्त गरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend