काठमाडौं, बागबजार, काठमाडौंमा मुख्य कार्यालय रहेको सिल्भर एजुकेशन फाउन्डेसन प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३,३३,३३३ (तीन लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ) आर्थिक सहयोग प्रदान गरेको छ।
गत भाद्र १० गते रसुवा, धादिङ लगायतका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले फाउन्डेसनले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको हो।
विपद्को यस कठिन घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै फाउन्डेसनले राज्य र सम्बन्धित निकायबाट भइरहेका राहत तथा पुनःस्थापनाका प्रयासमा आफ्नो तर्फबाट योगदान पुर्याएको जनाएको छ।
शिक्षा क्षेत्रमा व्यवसायिक सेवा प्रदान गर्दै आएको यस संस्थाले आगामी दिनहरूमा पनि सामाजिक, मानवीय तथा आपत्कालीन उद्धारका कार्यहरूमा निरन्तर सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, फाउन्डेसनले विपद्को सामना गर्दै रातदिन राहत र उद्धार कार्यमा खटिएका सरकारी निकाय, सुरक्षाकर्मी, स्वयंसेवक तथा सहयोगी संघ-संस्थाहरूप्रति हार्दिक आभार प्रकट गरेको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend