logo

२०८३ असोज ६ मंगलबार

माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा ‘आइसीटी मिट २०८३’ सम्पन्न

माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा ‘आइसीटी मिट २०८३’ सम्पन्न


हाम्रो राष्ट्र
  • आइतबार, २१ भाद्र २०८३
  • 1K
    SHARES

    ललितपुर, माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलले भदौ २१ गते विद्यार्थीहरूको नवप्रवर्तन, सिर्जनशीलता र प्राविधिक क्षमता प्रवर्द्धन गर्ने उद्देश्यका साथ “Explore • Create • Innovate — Showcasing Ideas, Building Futures” नारासहित “आइसीटी मिट २०८३” (ICT Meet 2083) सफलतापूर्वक सम्पन्न गरेको छ।

    विद्यालय परिसरको ग्राउन्ड र प्रथम तलामा आयोजित उक्त प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका विभिन्न डिजिटल तथा प्राविधिक परियोजनाहरू प्रस्तुत गरेका थिए। कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो, जसअन्तर्गत कक्षा ६ र ७ का विद्यार्थीहरूले बिहान १०:०० देखि ११:४५ बजेसम्म र कक्षा ८ र ९ का विद्यार्थीहरूले दिउँसो १२:०० देखि २:०० बजेसम्म आफ्ना सिर्जनाहरू प्रदर्शन गरेका थिए।

    कार्यक्रमको भव्य सफलतापछि एकेडेमिक कोअर्डिनेटर (Academic Coordinator) रवीन्द्र घिमिरेले सम्पूर्ण विद्यालय परिवारप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले उत्कृष्ट प्रदर्शनी प्रस्तुत गर्ने विद्यार्थीहरूको लगनशीलताको प्रशंसा गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने शिक्षक, कर्मचारी तथा अभिभावकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

    “आइसीटी मिटले हाम्रा विद्यार्थीहरूको सिर्जनशीलता र प्राविधिक क्षमतालाई उजागर गर्न महत्त्वपूर्ण मञ्च प्रदान गरेको छ,” घिमिरेले भन्नुभयो, “भविष्यका लागि सक्षम र नवप्रवर्तनशील जनशक्ति तयार पार्न विद्यालय निरन्तर प्रतिबद्ध छ।”

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend