logo

२०८३ असोज ६ मंगलबार

धादिङको गजुरीमा युनाइटेड मिसन टु नेपाल (UMN) द्वारा राहत तथा बालबालिका लक्षित सामग्री वितरण

धादिङको गजुरीमा युनाइटेड मिसन टु नेपाल (UMN) द्वारा राहत तथा बालबालिका लक्षित सामग्री वितरण


हाम्रो राष्ट्र
  • सोमबार, २९ भाद्र २०८३
  • 442
    SHARES

    गजुरी (धादिङ)प्राकृतिक विपद्बाट प्रभावित धादिङ जिल्लाको गजुरी गाउँपालिकास्थित अस्थायी शिविरहरूमा युनाइटेड मिसन टु नेपाल (UMN) को टोली पुगी आपतकालीन राहत तथा बालबालिकाहरूका लागि विशेष सामग्री वितरण गरेको छ। संस्थाले विपद् प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेको “नेपाल बाढी आपत्कालीन राहत” अभियानअन्तर्गत स्थानीय तह र साझेदार संस्थाहरूसँगको समन्वयमा यो सहयोग उपलब्ध गराएको हो।

    विपद् सुरु भएलगत्तै युनाइटेड मिसन टु नेपालले आफ्ना साझेदार संस्थाहरू र अन्तर्राष्ट्रिय सहयोग कोष (UMN Support Trust) मार्फत आपत्कालीन राहत कोष परिचालन गरी खाद्यान्न, पिउने पानी, त्रिपाल, कम्बल, सरसफाइ (हाइजिन) किट र प्राथमिक स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ। यसपटक भने अस्थायी शिविरमा जीवन बिताइरहेका विस्थापित परिवारका बालबालिकाहरूको मानसिक तथा मनोवैज्ञानिक स्वास्थ्यलाई ध्यानमा राख्दै टोलीले मनोरञ्जनात्मक र शैक्षिक सामग्रीहरू विशेष रूपमा वितरण गरेको छ।

    वितरित सामग्रीहरूमा बालबालिकाका लागि खेलौना, सफ्ट टोयज, समूहमा खेलिने बोर्ड गेम्स, पजलका साथै कापी, कलम र चित्रकलासम्बन्धी शैक्षिक सामग्रीहरू समावेश छन्। अस्थायी शिविरको अन्योलपूर्ण र कठिन परिस्थितिमा खेलौना तथा खेलसामग्री पाएपछि बालबालिकाहरूको मुहारमा खुसी छाएको थियो।

    राहत वितरण टोलीका सदस्यहरूका अनुसार, विपद्को समयमा साना-साना खेल र मनोरञ्जनले पनि बालबालिकालाई मानसिक तनावबाट मुक्त गराउन र कठिन दिनहरूलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ। संस्थाले प्रभावित क्षेत्रमा भौतिक राहत सामग्रीका साथसाथै बालबालिकाको मानसिक स्वास्थ्य र निरन्तर शिक्षाका लागि दीर्घकालीन सहयोग र पुनःस्थापनाका कार्यक्रमहरू पनि सञ्चालन गर्ने जनाएको छ।

    UMN Additional Relief materials ready to Deliver

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend