logo

२०८३ असोज ६ मंगलबार

हार्डफोर्ड एजुकेसनद्वारा भव्य रूपमा २१औँ वार्षिकोत्सव सम्पन्न: प्रबन्ध निर्देशक महेश श्रेष्ठद्वारा विद्यार्थी, अभिभावक र साझेदारहरूप्रति आभार व्यक्त

हार्डफोर्ड एजुकेसनद्वारा भव्य रूपमा २१औँ वार्षिकोत्सव सम्पन्न: प्रबन्ध निर्देशक महेश श्रेष्ठद्वारा विद्यार्थी, अभिभावक र साझेदारहरूप्रति आभार व्यक्त


हाम्रो राष्ट्र
  • शुक्रबार, २ असोज २०८३
  • 728
    SHARES

    काठमाडौं। जापान, अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोपलगायतका विभिन्न देशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श तथा सही मार्गदर्शन प्रदान गर्दै आएको प्रतिष्ठित संस्था हार्डफोर्ड एजुकेसनले आफ्नो स्थापनाको २१ वर्ष सफलतापूर्वक पूरा गरेको छ। नयाँ बानेश्वरमा रहेको यस संस्थाले शैक्षिक सपना बोकेका नेपाली विद्यार्थी र अभिभावकको अटुट विश्वास जित्दै एक विशेष समारोहका बीच आफ्नो २१औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको हो।

    संस्थाको आफ्नै परिसरमा आयोजित उक्त विशेष समारोहमा हार्डफोर्ड परिवार, विद्यार्थी, अभिभावक, शुभेच्छुक, विभिन्न शैक्षिक परामर्श व्यवसायी (Educational Consultancies) तथा शिक्षा क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। २१ वर्षको यो लामो यात्रा केवल समयको निरन्तरता मात्र नभई हजारौँ विद्यार्थी र अभिभावकले दिएको भरोसा, सहकार्य र सफलताको प्रतिफल भएको कार्यक्रममा जानकारी दिइयो।

    वार्षिकोत्सवको पावन अवसरमा हार्डफोर्ड एजुकेसनका प्रबन्ध निर्देशक महेश श्रेष्ठले दुई दशकभन्दा बढी समयदेखि संस्थालाई निरन्तर साथ र सहयोग दिने सम्पूर्ण विद्यार्थी, अभिभावक, साझेदार शैक्षिक संस्थाहरू, कन्सल्टेन्सीहरू र सहकर्मीहरूप्रति हृदयदेखि नै आभार तथा धन्यवाद व्यक्त गर्नुभयो।समारोहलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक महेश श्रेष्ठले भन्नुभयो, “२१ वर्षसम्म हामीमाथि निरन्तर भरोसा र विश्वास गर्नुभएकोमा सम्पूर्ण विद्यार्थी, अभिभावक, पार्टनर कन्सल्टेन्सीहरू र शुभेच्छुकहरूप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु। उहाँहरूको यही अटुट विश्वास र निरन्तर सहयोग नै हाम्रो सफलताको मुख्य प्रेरणा र जग हो। आगामी दिनमा पनि विद्यार्थीहरूको हितलाई सधैँ केन्द्रमा राख्दै, बदलिँदो विश्वव्यापी शिक्षा प्रणाली अनुसार अझ बढी प्रभावकारी, आधुनिक, गुणस्तरीय र जिम्मेवार परामर्श सेवा प्रदान गर्न हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ।”विगत २१ वर्षदेखि विद्यार्थी माझ लोकप्रिय रहेको हार्डफोर्ड एजुकेसनले उच्च प्रविधियुक्त ल्याबसहित IELTS, PTE, र DUOLINGO जस्ता टेस्ट प्रिपरेसन कक्षाहरूका साथै जापान जान चाहने विद्यार्थीहरूका लागि विशेष JLPT, J-cert र NAT भाषा कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ। २१औँ वर्ष प्रवेशको सुखद उपलक्ष्यमा संस्थाले नयाँ भर्ना हुने विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति तथा सहुलियतका प्याकेजहरू समेत घोषणा गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend