logo

२०८३ कार्तिक ३० आइतबार

खेलकुद अध्यक्ष देवेन्द्र शेरचन महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

खेलकुद अध्यक्ष देवेन्द्र शेरचन महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन


हाम्रो राष्ट्र
  • बुधबार, १४ असोज २०८३
  • 1.3K
    SHARES

    असोज: नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचन नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि कास्की क्षेत्र नं. ३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

    शेरचनले लामो समयदेखि खेलकुद क्षेत्रमा नेतृत्व प्रदान गर्दै नेपाली कांग्रेसको संगठनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। नेपाल लोकतान्त्रिक खेलकुद संघलाई महासंघका रूपमा विस्तार गर्ने अभियानमा रहेका उनले ७७ वटै जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेका छन्। त्यस्तै, ६ प्रदेशमा समेत अधिवेशन सम्पन्न गरी केन्द्रीय अधिवेशनको तयारी अघि बढाएका थिए। जेनजी आन्दोलनका कारण भने केन्द्रीय अधिवेशन प्रभावित भएको थियो।

    कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गृहजिल्ला कास्कीमा सक्रिय रहेका शेरचन क्षेत्रीय अधिवेशनबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएसँगै पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा जुटेका छन्।

    पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गर्दै शेरचनले बीपी कोइरालाको सिद्धान्त र अग्रज नेताहरूको मार्गदर्शनलाई आत्मसात् गर्दै युवालाई पार्टी संगठनसँग जोड्ने, शुभेच्छुक संस्थालाई थप प्रभावकारी बनाउने तथा संगठनलाई समावेशी, गतिशील र सुदृढ बनाउने बताएका छन्।

    सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन गरेकोमा कास्की क्षेत्र नं. ३ का सम्पूर्ण क्षेत्रीय प्रतिनिधि तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै उनले प्राप्त विश्वासलाई कायम राख्दै पार्टी र खेलकुद क्षेत्रको हितमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।

    मंगलबार देशभर नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन चलिरहेका बेला खेलकुद क्षेत्रको नेतृत्व गर्दै आएका शेरचन सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनुलाई विशेष रूपमा हेरिएको छ।

    केन्द्रीय महाधिवेशनमा समेत खेलकुद क्षेत्रको सांगठनिक आधारसहित अघि बढ्ने तयारीमा रहेका शेरचनले आफ्नो अभियानमा सबैको सहयोग र समर्थनका लागि अपिल गरेका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend