logo

२०८३ साउन १४ बिहिबार

‘जनयुद्ध दिवस’को विदालाई वार्षिक क्यालेन्डरमा समावेश गर्ने सरकारको निर्णय

‘जनयुद्ध दिवस’को विदालाई वार्षिक क्यालेन्डरमा समावेश गर्ने सरकारको निर्णय


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । सरकारले ‘जनयुद्ध दिवस’को विदालाई आफ्नो वार्षिक क्यालेन्डरमा समावेश गर्ने निर्णय गरेको छ ।

    शुक्रबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सन्तुलन मिलाउनका लागि ‘पृथ्वीजयन्ती’ र ‘जनयुद्ध दिवस’को विदालाई वार्षिक क्यालेन्डरमा समावेश गर्ने निर्णय गरेको जानकारी दिइन् ।

    क्यालेण्डरमा उल्लेख नभए पनि गएको पुस २७ र फागुन १ मा सरकारले सार्वजनिक बिदा दिएको थियो । मन्त्रिपरिषद बैठकले फागुन १ गते दिएको जनयुद्ध दिवसको विदा विवादित बनेको थियो ।

    उनले २०८० सालको क्यालेण्डर छापिइसकेकाले त्यसपछिका वर्षमा दिइने सार्वजनिक विदा पुनरावलोकनको काम आगामी भदौसम्ममा सक्ने र बिदा व्यवस्थित गर्ने निर्णय गरिएको मन्त्री शर्माले बताइन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend