logo

२०८३ असोज ६ मंगलबार

ओलीसँग चिनियाँ राजदूतको भेट

ओलीसँग चिनियाँ राजदूतको भेट


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।

    एमाले अध्यक्ष ओलीलाई भेट्न राजदूत सोङ शुक्रबार साँझ ओली निवास बालकोट पुगेका थिए । दिउँसो प्रधानमन्त्री र अध्यक्ष ओलीबीचको भेटवार्तापछि चिनियाँ राजदूत ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

    नेपालमा नयाँ राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा विभिन्न देशबाट उच्च राजनीतिक तहको भ्रमण बाक्लिएको छ भने विदेशी राजदूतले प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरुसँगको भेटलाई पनि बढाएका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend