logo

२०८३ साउन १३ बुधबार

चीनले इथियोपिया, बुरुन्डी, नाइजरलाई निर्यातमा छुट दिने

चीनले इथियोपिया, बुरुन्डी, नाइजरलाई निर्यातमा छुट दिने


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 1.5K
    SHARES

    चीनले सन् २०२३ मार्च १ देखि इथियोपिया, बुरुन्डी र नाइजरबाट निर्यात हुने करिब ९८ प्रतिशत करयोग्य वस्तुमा शून्य शुल्क उपलब्ध गराउने भएको छ । राज्यको भन्सार शुल्क आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा त्यसबारे जानकारी दिइएको हो ।

    यो नयाँ कदमले चीन–अफ्रिका मित्रता र सहयोगको भावनालाई अझ बलियो बनाउने चिनया पक्षले विश्वास लिएको छ । यस कदमले अतिकम विकसित देशहरूलाई आफ्नो विकासलाई तीव्रता दिन र खुला विश्व अर्थतन्त्रको निर्माणमा थप सहयोग पुग्ने पनि बताइएको छ ।

    चीनसँग कूटनीतिक सम्बन्ध स्थापना भएका सबै अल्पविकसित देशहरूमा यस प्रकारको निर्यात शुल्कमा दिइने छुटलाई क्रमशः विस्तार गरिने पनि चिनियाँ पक्षले उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend