logo

२०८३ साउन १५ शुक्रबार

नामिबियासँगको खेलमा टस जितेर बलिङ गर्दै नेपाल

नामिबियासँगको खेलमा टस जितेर बलिङ गर्दै नेपाल


हाम्रो राष्ट्र
  • शनिबार, ६ फाल्गुन २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल सुरु भएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नामिबियाले पहिला ब्याटिङको निम्तो पाएको छ ।

    शुक्रबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले तथा पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराएको थियो । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अङ्ककासाथ छैटौँ स्थानमा छ । नामिबिया ३२ खेलमा ३७ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

    स्कटल्यान्ड ३४ खेलमा ४८ अङ्कसहित शीर्ष स्थानमा छ । सात वटा देश सहभागी लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एकदिवसीय मान्यता जोगिने छ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेछ । नेपालले यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा मङ्गलवार स्कटल्यान्डसँग खेल्नेछ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend