logo

२०८३ साउन १४ बिहिबार

आसाममा आगलागीबाट २५० पसल जलेर नष्ट

आसाममा आगलागीबाट २५० पसल जलेर नष्ट


हाम्रो राष्ट्र
  • शनिबार, ६ फाल्गुन २०७९
  • 2K
    SHARES

    भारतको उत्तरपूर्वी राज्य आसामको एक बजारमा भएको आगलागीमा झण्डै २५० पसल जलेर नष्ट भएका छन् । घटनामा कुनै हताहती भने भएको छैन ।

    आसामको राजधानी शहर दिसपुरबाट २९९ किलोमिटर उत्तरपूर्वमा रहेको जोरहाट जिल्लाको चोक बजारमा शुक्रबार आगलागी भएको हो ।

    अधिकारीहरूका अनुसार आगो नियन्त्रणमा लिन ५० वटा दमकल परिचालन गरिएको र आगो निभाउन करिब १० घण्टा लागेको थियो ।

    प्रारम्भिक अनुसन्धानले एउटा पसलमा विद्युत सर्ट भई आगो लाग्दा अन्य पसलमा पनि फैलिएको थियो । आगलागीका समयमा सबै पसलहरू बन्द रहेकाले कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend