logo

२०८३ असोज ६ मंगलबार

नामिबियाद्वारा नेपाललाई २७५ रनको लक्ष्य

नामिबियाद्वारा नेपाललाई २७५ रनको लक्ष्य


हाम्रो राष्ट्र
  • शनिबार, ६ फाल्गुन २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नामिबियाले नेपाललाई २ सय ७५ रनको लक्ष्य दिएको छ ।

    शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन बनायो ।

    उसका जान ग्रिनले सर्वाधिक ७५ रन बनाए । पीकीं या फ्रान्स ४९ रनमा आउट भए । लोहार्ड लौरेन्सले ४१ तथा माईकल भानले २२ रन जोडे । नेपालका सन्दीप लामिछानेले ३ तथा करण केसीले १ विकेट लिए । नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

    हिजो भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले तथा पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराएको थियो । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् । नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ ।

    नामिबिया ३२ खेलमा ३७ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । स्कटल्याण्ड ३४ खेलमा ४८ अंकसहित शीर्ष स्थानमा छ ।

    सात वटा देश सहभागि लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एकदिवसीय मान्यता जोगिनेछ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेेछ । नेपालले यो श्रृंखलाको आफ्नो अन्तिम खेलमा मंगलबार स्कटल्यान्डसँग खेल्नेछ

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend