logo

२०८३ साउन १४ बिहिबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जानुहुँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जानुहुँदै


हाम्रो राष्ट्र
  • बुधबार, २१ बैशाख २०७९
  • 1.7K
    SHARES

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै हुनुहुन्छ ।

    गृह जिल्ला समेत रहेको झापामा चुनावी सभालाई सम्बोधन गर्न ओली बिहान १०ः०० बजे जाने लाग्नुभएको हो ।

    युवा नेता इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओलीले जिल्लाको भद्रपुर, बिर्तामोड र धुलाबारीमा हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने छ।

    त्यस्तै, अध्यक्ष ओलीले भद्रपुरको ज्ञान चोकमा ११ः०० बजे, हल्दिवारी १ गोल्धापमा साढे १ः०० बजे, मेचीनगरको पासाङल्हामु हलमा ३ः०० बजे, र बिर्तामोडमा ४ः३० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    अध्यक्ष ओली आजै काठमाडौँ फर्कने कार्यक्रम छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend