logo

२०८३ साउन १३ बुधबार

कोभिड संक्रमणबाट एक जनाको मृत्यु

कोभिड संक्रमणबाट एक जनाको मृत्यु


हाम्रो राष्ट्र
  • मंगलबार, २८ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको जनाएको छ । पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २१ पुगेको छ।

    यसैगरी पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण भएको छ भने अहिले सक्रिय संक्रमितको संख्या ४६९ जना रहेका मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार २ हजार ४३६ नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५ जना संक्रमितको भेन्टिलेटर, १३ जनाको आईसीयू र २४ जना आईसोलेसनमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा ४८ जना निको समेत भएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend