logo

२०८३ साउन १३ बुधबार

पूर्वराष्ट्रपति कार्टरले बाँकी जीवन परिवारका साथ बिताउने

पूर्वराष्ट्रपति कार्टरले बाँकी जीवन परिवारका साथ बिताउने


हाम्रो राष्ट्र
  • आइतबार, ७ फाल्गुन २०७९
  • 2.1K
    SHARES

    अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले अतिरिक्त चिकित्सा हस्तक्षेपको सट्टा घरमै अस्पताल हेरचाह प्राप्त गर्ने र आफ्नो बाँकी समय आफ्नो परिवारसँग बिताउन निर्णय गरेका छन् । उनी कलेजो र मष्तिष्क रोगबाट पीडित छन् ।

    चिकित्सक टोलीको रेखदेखमा घरमै आराम गर्ने निर्णय पूर्वराष्ट्रपतिले गरेको कार्टर सेन्टरले वक्तव्यमार्फत जानकारी दिएको हो । अमेरिकाको इतिहासमा ह्वाइट हाउसबाट बाहिरिएपछि लामो जीवन बाँच्ने पूर्वराष्ट्रपति ९८ वर्षीय कार्टर हुन् ।

    उनले जनवरी १९७७ देखि जनवरी १९८१ सम्म अमेरिकाको ३९ औँ राष्ट्रपतिका रूपमा देशको नेतृत्व गरेका थिए ।

    आर्थिक सङ्कटबाट गुज्रिएको अमेरिकी अर्थतन्त्रलाई गतिशील तुल्याउनेदेखि इरान सङ्कट, ऐतिहासिक इजिप्ट–इजरायल शान्ति सन्धि गराउनेसम्मको केन्द्रीय भूमिका निर्वाह गरेका पूर्वराष्ट्रपति कार्टर पूर्वअभिनेता तथा क्यालिफोर्नियाका गभर्नर रोनाल्ड रेगनसँग सन् १९८० को चुनावमा पराजित भएका थिए ।

    मानवीय सहायता, गरिबीको चपेटामा परेका अफ्रिकी महादेशका मुलुकका साथै विश्वका अन्य भागमा बढेको द्वन्द्व अन्त्य गर्न पूर्वराष्ट्रपति कार्टरले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

    अन्तर्राष्ट्रिय द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न, लोकतन्त्र र मानवअधिकारको रक्षाका साथै आर्थिक एवम् सामाजिक विकासको प्रवद्र्धनमा अथक प्रयास गरेबापत उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend