काठमाडौं । नेपालमा एकैदिन २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ जना संक्रमितको मृत्यु भएको छ।
केही दिनअघिसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउने संख्या शून्यमा झरेको थियो। पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै ज्यान गुमाउनेको संख्या पनि बढेको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७१ जनामा कोरोना संक्रमण भएको छ। ८५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend