logo

२०८३ असोज ८ बिहिबार

राष्ट्रपति पौडेलद्वारा वैशाख २४ गतेका लागि वर्षे अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा वैशाख २४ गतेका लागि वर्षे अधिवेशन आह्वान


हाम्रो राष्ट्र
  • बुधबार, २० बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
    सङ्घीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अपराह्न ४ बजे आह्वान गरिएको छ ।

    प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सदस्यलाई तोकिएको मिति, समय र स्थानमा उक्त दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

    वर्षे अधिवेशनका रुपमा रहेको यस अधिवेशनको प्रारम्भमै पूर्वबजेट छलफल हुनेछ । यस अधिवेशमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक आयव्ययको बजेट प्रस्तुत हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend