logo

२०८३ असोज ८ बिहिबार

नक्कली भुटानी शरणार्थी प्रकरण अझै गहिरोसँग अनुसन्धान होस्ः गगन थापा

नक्कली भुटानी शरणार्थी प्रकरण अझै गहिरोसँग अनुसन्धान होस्ः गगन थापा


हाम्रो राष्ट्र
  • बिहिबार, २१ बैशाख २०८०
  • 962
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि छाड्न नहुने बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत महामन्त्री थापाले अझै गहिरोसँग अनुसन्धान गर्नुपर्ने बताएका हुन् । उनले यसमा संलग्न काही पनि छुट्न नहुने बताएका छन् ।

    उनले भनेका छन्, ‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ’ठगी गिरोहको भिआइपी जालो’उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। यो घटना होइन प्रवृत्ति हो । अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन् । संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानून भन्दा माथि कोही हुँदैन।’

    प्रहरीले यस प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायममाझीलाई पक्राउ गरिसकेको छ । त्यस्तै टोपबहादुर रायमाझी र बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend