logo

२०८३ साउन १३ बुधबार

नक्कली शरणार्थी बन्न तयार हुनेलाई पनि कारबाही गर्नुपर्छः सांसद थापा

नक्कली शरणार्थी बन्न तयार हुनेलाई पनि कारबाही गर्नुपर्छः सांसद थापा


हाम्रो राष्ट्र
  • बिहिबार, २१ बैशाख २०८०
  • 988
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने जो कोहीमाथि कारबाही हुनुपर्ने बताएका छन् ।

    बिहीबार सामाजिक संजालमार्फत सांसद थापाले नक्कली शरणार्थी बनाउने र बन्न तयार हुने दुबैलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

    उनले भनेका छन्, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्छ। साथै, नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरी सँगसँगै पक्राउ, अनुसन्धान र कडा कारबाही चलाउनुपर्छ। नेपाली भइकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित कदापि होइनन् । तिनको रकम जफत गर्नुपर्छ । अनि तिनलाई पक्राउ गरी पुर्पक्षका लागि जेल हालेर मात्रै अनुसन्धानको जारी कारबाही अघि बढाउनु पर्छ। खासमा व्यक्ति कसैको मुख नहेरी भन्नैपर्छ–गैरकानुनी काम गर्ने, गराउने र संलग्न हुने सबै अपराधीहरू हुन्। यसमा निर्दोष कसैलाई फसाउनु हुँदैन र कोही पनि अपराधीले उन्मुक्ति पाउनु हुँदैन।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend