logo

२०८३ साउन १५ शुक्रबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


हाम्रो राष्ट्र
  • बिहिबार, २१ बैशाख २०८०
  • 962
    SHARES

    गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

    गण्डकी प्रदेशसभाको बिहीबारको बैठकमा उनले मागेको विश्वासको मतको प्रस्तावका पक्षमा ३५ मत प्राप्त भएको हो । उनलाई नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सात र नेकपा एकीकृत समाजवादीको एक गरी ३५ मत प्राप्त भएको छ ।

    प्रस्तावका विपक्षमा नेकपा एमालेका २२ प्रदेशसभा सदस्यको मत परेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।

    प्रदेशको मुख्यमन्त्रीमा यही वैशाख १४ गते नियुक्त भएका पाण्डेले १५ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । विश्वासको मत पाएसँगै पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री पाण्डेले अब सरकारका काम तीव्ररूपमा अघि बढ्ने बताए । मन्त्रिपरिषद्लाई चाँडै नै पूर्णता दिने बताउँदै उनले यस सम्बन्धमा गठबन्धनका दलबीच छलफल भइरहेको जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend