logo

२०८३ साउन १३ बुधबार

नक्कली शरणार्थी प्रकरणमा नेताहरुले आफ्ना गल्ती कमजोरी स्वयंले ओकल्ने बेला आयोः भट्टराई

नक्कली शरणार्थी प्रकरणमा नेताहरुले आफ्ना गल्ती कमजोरी स्वयंले ओकल्ने बेला आयोः भट्टराई


हाम्रो राष्ट्र
  • शनिबार, २३ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका नेता स्वयं उपस्थित भएर छानबिनमा सहयोग गर्नुपर्ने बताएका छन् ।

    शनिबार सामाजिक संजालमार्फत भट्टराईले समग्रमा परिवर्तनलाई सुरक्षित र बलियो बनाउन ओहोदामा बसेर गल्ती कमजोरी गर्ने नेताहरुले आफ्ना गल्ती कमजोरीलाई स्वयंले ओकल्ने बेला आएको बताएका हुन् ।

    उनले भनेका छन्,‘नाम जोडिएका नेताहरु स्वयं उपस्थित भएर छानबिनमा सहयोगी बन्नु वाञ्छित छ । देश, लोकतन्त्र, गणतन्त्र अर्थात् मुलुक र समग्रमा परिवर्तनलाई सुरक्षित र बलियो बनाउन ओहोदामा बसेर गल्ती कमजोरी गर्ने नेताहरुले आफ्ना गल्ती कमजोरीलाई स्वयंले ओकल्ने बेला आएको छ । त्यसले मात्रै देश र परिवर्तनलाई बलियो बनाउँछ । सफाई दिऔ र अपराध छ भने स्वयं दण्डित हुने प्रायश्चितको बाटो समाऔं ।’

    उनले यो असाधारण, जघन्य र अक्षम्य अपराध भएकाले यसको तथ्यमा गएर अपराधी पत्ता लगाउनै पर्ने बताएका छन् । उनले भनेका छन्, ‘नक्कली शरणार्थी अपराधःअथोरिटी अपराधी बन्दा राज्यको प्रभाव र विश्वसनीयता समाप्त हुन्छ । यो राष्ट्रियताको प्रश्न पनि हो । विश्व समुदायले हाम्रो देश र सत्तालाई कसरी हेर्ने भन्ने प्रश्न जन्मिन्छ । देशकै शिर निहुरिन्छ । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरीका पठाउने र पैसा असुल्ने अपराध यही कोटीको अपराध हो । यो असाधारण, जघन्य र अक्षम्य अपराध हो । यसको तथ्यमा गएर अपराधी पत्ता लगाउनै पर्दछ । अपराधी कुनै राजनीतिक दलको पर्खालभित्र सुरक्षित हुन सक्दैन, हुनुहुँदैन । यस किसिमका अपराधलाई कुनै दल वा व्यक्तिमाथि पूर्वाग्रह साध्ने औजार पनि बनाईनु हुँदैन । कसैलाई डाम्ने कसैलाई जोगाउने ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend