logo

२०८३ साउन १५ शुक्रबार

भ्रष्टाचारविरुद्धको कारबाही रोकिँदैन, दोषी नछुटुन् र निर्दोष नफसुन् भन्ने पक्षमा छुः प्रधानमन्त्री

भ्रष्टाचारविरुद्धको कारबाही रोकिँदैन, दोषी नछुटुन् र निर्दोष नफसुन् भन्ने पक्षमा छुः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • शनिबार, २३ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा आफू कसैको दबाबमा नपर्ने बताएका छन् । शनिबार सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले यो प्रकरण कानुन अनुसार अघि बढ्ने बताएका हुन् ।

    प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष ओलीले पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति चासो राखेका थिए । तर भेटमा नेता जोगाउनुपर्यो भनेर ओलीले आफूसँग नभनेको प्रधानमन्त्रले बताए । प्रधानमन्त्रीले भने,‘कन्सर्न चाहिँ उहाँको थियो । तर प्रधानमन्त्रीसँग नेता बचाउनुपर्यो भनेर भन्ने आँट कसको हुन्छ र ?’

    प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्धको कारबाही नरोकिने र आफू पनि दोषी नछुटुन् र निर्दोष नफसुन् भन्ने पक्षमा रहेको बताए । एमाले अध्यक्ष ओलीले केही दिनअघि पनि प्रधानमन्त्रीई भेटेका थिए । भेटमा ओलीले बदलाको भावले रायमाझीलाई तान्न खोजी चुप लागेर नबस्ने चेतावनी दिएका थिए ।

    यस प्रकरणमा नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ पक्राउ परेका छन् । एमाले सचिव रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् भने बादलका छोरा प्रतिक पनि फरार भएका छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend