logo

२०८३ साउन १४ बिहिबार

अब भ्रष्टचारको फाइल खोलिन्छ, कसैलाई छाडिन्नः प्रधानमन्त्री

अब भ्रष्टचारको फाइल खोलिन्छ, कसैलाई छाडिन्नः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • शनिबार, २३ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको कारबाहीमा आफू कुनै दबाबमा नपर्ने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अब भ्रष्टाचारका ठूला फाइलहरु खुल्दै जाने र त्यसमा संलग्नहरु कसैलाई नछाड्ने बताएका हुन् ।

    प्रधानमन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई पक्राउ गर्ने बताए । उनले भने,‘अब भ्रष्टचारीको फाइल खोलिन्छ, कसैलाई छाडिन्न । यो ट्रेलर मात्रै हो, अब सिंगै फिल्म देखिन्छ । उत्पीडित जनसमुदायको साथ भयो भने जुनसुकै घेराबन्दी र धम्कीको सामना गरिनेछ, भ्रष्टाचारीलाई कारबाही गरिनेछ ।’

    भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने मध्येकाहरुले व्यंग्य गरेर चिसोमा प्रचण्डको हालतमा हेर भनेको स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘माओवादी कमजोर भएको छ, ३२ सिटे हाम्रो नामाकरण भएको छ, हामी फेरि एक पटक गर्जियौँ भने यो ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend