logo

२०८३ साउन १४ बिहिबार

साथीहरूलाई सम्झाएँ तर अब त अति भयोः महामन्त्री थापा

साथीहरूलाई सम्झाएँ तर अब त अति भयोः महामन्त्री थापा


हाम्रो राष्ट्र
  • आइतबार, २४ बैशाख २०८०
  • 884
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा आफूले राखेका कतिपय विषयले प्रवेश नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार सामाजिक संजालमार्फत महामन्त्री थापाले असन्तुष्टि व्यक्त गरेका हुन् ।

    उनले भनेका छन्, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend